Logo

अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको पत्र



काठमाडौं, १८ पुस । चिकित्सा शिक्षा अन्तर्गतका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजहरुलाई कारबाही गर्न गृह मन्त्रालयले पत्र पठाएको छ । मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो)हरुलाई अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजहरुलाई कारवाही गर्न निर्देशन दिँदै पत्र पठाएको हो ।

मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, चितवन, कास्की, भक्तपुर, सुनसरी, धनुषा, रुपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएर कारवाही गर्न निर्देशन दिएको हो ।

बिद्यार्थीहरुले विभिन्न मेडिकल कलेजहरुले अतिरिक्त शुल्क मागेको र सो शुल्क नबुझाए पठनपाठन समेत गर्न नदिने धम्की दिँदै आएको गुनासो गर्दै आएको थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot