Logo

कानुन मन्त्रालयले पहिलो पटक मानव अधिकार पुरस्कार प्रदान गर्दै



काठमाडौं, १८ पुस । संसदीय मामिला तथा कानुन मन्त्रालयले मानव अधिकार पुरस्कार आइतबार प्रदान गर्ने भएको छ । मन्त्रालयले मानव अधिकार पुरस्कार पहिलो पटक अधिवक्ता शैलेन्द्र प्रसाद हरिजन र संस्थातर्फ काठमाडौंको शक्ति समुहलाई प्रदान गर्न लागेको हो ।

पुरस्कार आज दिउँसो २ बजे नेपाल पर्यटन बोर्डको सभा हलमा औपचारीक समारोहको आयोजनामा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गर्ने मन्त्रालयले जनाएको छ । पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ र प्रमाणपत्र दिइने छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot