Logo

उत्तराखण्डका गभर्नर सिंहले गरे नाबी र गुन्जीको भ्रमण



काठमाडौँ, १८ पुस: भारतको उत्तराखण्डका गभर्नर गुर्मित सिंहले नेपाली भूमि नाबी र गुन्जीको भ्रमण गरेका छन् । सिंहले हिजो (शनिबार) भारतले अतिक्रमित गरेको भूमि नाबी र गुन्जीको भ्रमण गरेको ट्वीटमा उल्लेख गरेका छन् ।

उनले त्यहाँ पुगेर भारतीय सुरक्षाकर्मी र स्थानीयसँग अन्तर्क्रिया समेत गरेका छन्।सिंहले भारतीय सीमा सडक संगठनले सीमा क्षेत्रमा गरिरहेको पूर्वाधार विकासको उच्च प्रशंसा गर्दै भारतीय सुरक्षाकर्मीले सीमा सुरक्षामा खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन्। उनले लेखेका छन्, ‘गुन्जी र नाबीमा श्रम गरिरहेका सुरक्षाकर्मी तथा यहाँका स्थानीयवासीलाई भेट्न पाउँदा उत्साहित भएको छु ।’



प्रतिक्रिया दिनुहोस्