Logo

कृषि, पर्यटन र उद्योगमार्फत देशको विकास गर्नुपर्नेः नेता केसी



काठमाडौँ, १८ पुस: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसी (राजन)ले कृषि, पर्यटन र उद्योगमार्फत मुलुकको विकास गर्नुपर्ने बताएका छन् । चन्द्रागिरि नगरपालिका–२ मा रहेको बाघ बछ्ला बहुद्देश्यीय सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले सहकारीको एकीकृत पुँजीलाई कृषि, उद्योगधन्दा र पर्यटनको विकासमा लगानी गर्न सकेमात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताएका हुन् ।

“सहकारीले बजार हेरेर युवालाई रोजगार, उत्पादन र श्रमसँग जोड्नुपर्छ”, उनले भने । नेपाल तरुण दलका ईश्वर लामा , संस्थाका अध्यक्ष तेजबहादुर भुर्तेल, सचिव उद्धव पोखरेल, व्यवस्थापक विमला पोखरेललगायतले न्यून आर्थिक वृद्धिदर भएको मुलुकमा गरिबी न्यूनीकरणका लागि सहकारीले निर्वाह गरेको भूमिकाबारे चर्चा गरे।

साधारणसभाले संस्थाको अध्यक्षमा भुर्तेललाई पुनः चयन गरेको छ । यसैगरी उपाध्यक्षमा मनोज घिमिरे, सचिवमा उद्धव पोखरेल, कोषाध्यक्षमा श्रीराम कार्की तथा सदस्यहरूमा सुदीप पोखरेल, नारायण कुँवर र मनोजकुमार शर्मा तथा लेखा समितिको संयोजकमा ध्रुवबहादुर कडायत र लेखा सदस्यमा राजेन्द्र कोइराला चयन भएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot