Logo

रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रमको शुभारम्भ



काठमाडौँ, १८ पुस। नेपाली सेना र सञ्‍चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी रुपमा अगाडी बढाउने हेतुले विभिन्न सञ्‍चार माध्यमका १९ जना रक्षा संवाददाताहरुलाई सहभागी गराई मिति २०७८ पौष १८ गतेदेखि ऐ. २३ गतेसम्म सुर्खेतस्थित श्री पश्‍चिम कमाण्ड हे.क्वा.मा संचालन हुने ६ (छ) दिने Defence Correspondent Orientation Programme (DCOP) कार्यक्रमको आज मिति २०७८ पौष १८ गते एक कार्यक्रमकाबीच कमाण्ड सेनापति उपरथी प्रेम शाहीद्वारा प्रथम प्रवचन गर्नु भई कार्यक्रमको शुभारम्भ गरेका छन् ।

नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका, जिम्मेवारी तथा नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा जानकारी दिने एवं समाचार सम्प्रेषण गर्दा स्पष्टता होस् भन्ने उद्देश्यका साथ संचालन भएको शुभारम्भ कार्यक्रममा श्री पश्‍चिम कमाण्ड हे.क्वा.का रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

उक्त अभिमूखिकरण कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्‍चालन गर्नुका साथै दैलेख जिल्लास्थित गढी, भेरी डाईभर्सन तथा बर्दिया राष्ट्रिय निकुञ्‍जको फिल्ड भिजिट समेत गराउने योजना रहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot