Logo

भारतमा ओमिक्रोन संक्रमितको संख्या १५ सय नाघ्यो



एजेन्सी, १८ पुस। भारतमा पछिल्लो २४ घन्टामा २७ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा कोरोनाबाट २८४ जनाले ज्यान गुमाएका छन्। भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख २२ हजार ८०१ पुगेको छ।

यस्तै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५ सय २५ पुगेको छ। जसमध्ये ५६० जना डिस्चार्ज भएका छन् भने १ हजार जना सक्रिय संक्रमित रहेका छन्। भारतमा कोरोना र ओमिक्रोनक संक्रमण तीव्ररुपमा फैलिदै गएपछि कोरोना संक्रमण बढि देखिएको राज्यमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ।

स्वास्थ्य मन्त्रालयले अचानक बढेको कोरोना र ओमिक्रोनका बिरामीका कारण आगामी दिनमा स्वास्थ्य सेवामा समस्या आउन सक्ने भन्दै फिल्डस्तरमा अस्पताल सिफ्ट गर्न निर्देशन दिएको छ। यसका साथै जिल्लास्तरमा पनि निगरानी सक्रिय गर्न निर्देशन दिइएको छ। यससघि ३१ डिसेम्बरमा भारतमा १६ हजार ७६४ जनामा संक्रमण पुष्टि भएको थियो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्