Logo

एमसीसीविरुद्ध २२ वामपन्थी दलले गरे राजधानीमा प्रदर्शन



काठमाडौँ, १८ पुस। अमेरिकी सहायता निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध राजधानीमा प्रदर्शन गरिएको छ । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै साना २२ वामपन्थी दलले आइतबार राजधानीमा प्रदर्शन गरेका हुन् ।नेकपा (क्रान्तिकारी माओवादी)लगायतका २२ दल तथा संघसंगठनले माइतीघर मण्डलामा विरोध प्रदर्शनमा कुनै पनि हालतमा संसदबाट एमसीसी पारित हुन नहुने भन्दै खबरदारी गरेका थिए ।

२२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेलले संसद बैठकमा एमसीसी संसदको कार्यसूचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शन गरिएको बताए । एमसीसीको विरोध गर्दै यी साना दलले निरन्तर आन्दोलन गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्