Logo

प्रदीप पौडेल केन्द्रीय सदस्यमा मनोनित



काठमाडौं, १८ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रभावशाली युवा नेता प्रदीप पौडेलसहित तीन जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम पौडेलसहित तीन जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको जनाएका छन् । पौडेलसहति जीवनबहादुर शाही र कल्याणकुमार गुरुङ केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

पौडेल १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित हुन भने गुरुङले सभापतिको उम्मेवद्धारी फिर्ता लिएर देउवालाई सघाएका थिए । उता, जीवनबहादुर शाही भने सहमहामन्त्रीमा बद्री पाण्डेसँग पराजित भएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot