Logo

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा तीनको मृत्यु



काठमाडौँ, १८ पुस। सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गएराति ईश्वरपुर–३ बयलवास भक्तिपुर सडक खण्डस्थित सागरनाथ जङ्गलमा मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको हो ।

सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सपेताको रुखमा ठोक्किँदा बाटोभन्दा १० मिटर तल लडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार ईश्वरपुर–१० दशबिगहाका २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम बिक र २२ वर्षीय रोहन सिंहको मृत्यु भएको प्रवक्ता बुढाथोकीले बताए। दुर्घटनामा मृत्यु भएका तीनै जनाको शव जिल्ला अस्पताल मलंगवामा रहेको सर्लाही प्रहरीले जनाएको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्