Logo

माओवादीमा दलितको उचित प्रतिनिधित्व नभएको भन्दै हस्ताक्षर संकलन



काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनस्थलमा दलित समुदायको उचित प्रतिनिधित्वको माग गर्दै हस्ताक्षर संकलन सुरु गरिएको छ । पार्टीका दलित अगुवाहरुले पहिलाको विधानमा दलित समुदायका लागि १५ प्रतिशत कोटा छुट्टाएपनि आठौं महाधिवेशनमा ७ प्रतिशतमा झारिएको भन्दै आफ्नो समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्न हस्ताक्षर संकलन गरेका हुन् ।

माओवादी केन्द्रले पहिलाको विधानमा दलित समुदायका लागि १५ प्रतिशत कोटा छुट्टाएपनि आठौं महाधिवेशनमा ७ प्रतिशतमा झारिएको भन्दै उचित कोटा नछुट्टाएको उनीहरुले आरोप लगाएका छन् । हस्ताक्षर संकलन गरेर नेतृत्वलाई बुझाइने दलित अगुवाहरुको भनाई छ ।

माओवादीको सशोधित विधानमा दलित तर्फबाट केन्द्रीय समितिमा २२ जना सहभागिता हुने निश्चित गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्