Logo

गुर्जुधाराबाट २ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजासहित पक्राउ



काठमाडौं, १८ पुस। काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधाराबाट २ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-८ मातातिर्थ बस्ने २६ वर्षीय कृष्ण तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पदैल हिँडिरहेका उनलाई महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot