Logo

नेप्सेमा आज ६० अंकको बृद्धि, ४ अर्बको कारोबार



काठमाडौं, १८ पुस । साताको कारोबारको पहिलो दिन आइतबार शेयर बजार परिसुचक नेप्सेमा आज उच्च अंकको बृद्धि भएको छ । नेप्से आज ६० दशमलव ४ अंकले बढेर २५ सय ८४ बिन्दू कायम भएको हो ।

आइतबार नेप्सेमा ४ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । आज म्युचुअल फण्डको सुचक भने बढ्न सकेको छैन् अरु सबै उपसमुहका सुचक बढेका छन् ।

आज दुई कम्पनीहरु हिमालयन डिस्टिलरी र मध्यभोटेकोसी जलविद्युतको मुल्य भने १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्