Logo

कृषि सामाग्री कम्पनीका प्रवन्ध सञ्चालक भण्डारीसहित १२ जनामाथि मुद्दा, १ अर्ब ५३ लाख हिनामिना गरेको आरोप



काठमाडौं, १८ पुस । कृषि सामाग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्र वहादुर भण्डारीसहित १२ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ । लिमिटेडले खरिद गरेको डि.ए.पि. मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारीहरु र आपूर्तिकर्तासमेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त मल भनी रासायनिक मल (नियन्त्रण) प्रतिवेदन बुझाएको र १ अर्व ५३ लाख २२ हजार ४ सय ६ रुपैया ७२ पैसा भुक्तानीसमेत भई उक्त सरकारी रकम हानिनोक्सानी भएको पुष्टी हुन आएको थियो ।

भण्डारीसहित १२ जनालाई कानुन बमोजिम सजाय माग दाबी गर्दै आज विशेष अदालत काठमाण्डौमा अरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।

भण्डारी, विष्णुप्रसाद पोखरेल, दुर्गाप्रसाद पाण्डे र पुष्कर दिप बुढा,सलिल देवकोटा, सुनिलबाबु खत्री, महेन्द्र कुमार डागा, भोलानाथ चौधरी, मनोज आचार्य, विनित जोशी लगायतमाथि अख्तियारले मुद्दा दायर गरेको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot