काठमाडौं, १९ पुस । काठमाडौं महानगरपालिकाका सदस्य दीपक राई गोर्खालीलाई घट्टेकुलोस्थित सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा कारबाही गर्न निर्देशन दिएको तथ्य फेला परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग उच्च स्रोतकाअनुसार दीपक गोर्खालीलाई सार्वजनिक जग्गा अवैध कब्जा गरेको विषयमा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई निर्देशन दिइएको हो ।
कारबाही गर्न तत्कालीन कार्यबाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेले जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई निर्देशन दिएका हुन् । तर, सार्वजनिक जग्गा हडपेर धन्दा चलाउने नेकपा एमालेका नेता समेत रहेका गोर्खालीमाथि हालसम्म कुनै कारबाही भएको छैन् ।