Logo

जोन अब्राहम र उनकी श्रीमती प्रिया कोरोना संक्रमित, निर्माता राहुल रवैललाई पनि देखियो संक्रमण



एजेन्सी, १९ पुस । कोभिड–१९ का संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । गत महिना धेरै बलिउड सेलिब्रेटीमा कोरोना पोजेटिभ देखिएको थियो । करिना कपूर खान, शनाया कपूर, अर्जुन कपूर र अन्य लगायत धेरै सेलिब्रेटीहरू कोभिड संक्रमित भएका थिए ।

अभिनेतामा जोन अब्राहम र राहुल रवैलले अब यो सूचीमा केही नयाँ नाम थपेका छन्। जोनले आफ्ना फ्यानहरूलाई आफू र श्रीमती प्रिया कोभिड पोजिटिभ रहेको जानकारी दिएका छन् । जोनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक नोट सेयर गर्दै फ्यानलाई कोभिडको बारेमा जानकारी गराएका हुन् । उनले नोटमा लेखेका छन्, ‘म ३ दिनअघि कसैको सम्पर्कमा आएको थिएँ, उहाँलाई कोभिड भएको रहेछ । पछि थाहा भयो । अहिले प्रिया र मेरो परीक्षणपछि कोभिड पोजिटिभ आएको छ । हामी होम क्वारेन्टाइनमा छौं, त्यसैले हामी कसैको सम्पर्कमा आउँदैनौं। हामी दुवैलाई पूर्ण रूपमा खोप लगाइएको छ र हामीसँग अहिले हल्का लक्षणहरू मात्र छन्। कृपया आफ्नो ख्याल राख्नुहोस् र स्वस्थ रहनुहोस्। मास्क लगाएर बस्नुहोस्।’

आइतबार निर्देशक राहुल रवैल पनि कोभिड–१९ पोजिटिभ भएका छन् । चलचित्र निर्माता रवैल अहिले क्वारेन्टाइनमा रहेका छन् र सावधानी अपनाइरहेका छन् । पीटीआईका अनुसार राहुल रवैस आफैले यसको पुष्टि गरेका छन्। राहुल रवैलले सन् १९८३ मा अर्जुन र १९८५ मा बेताब जस्ता फिल्म निर्देशन गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot