Logo

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सोडारीका छोरा पक्राउ



काठमाडौँ, १९ पुस। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन् । सवारी ज्यान मुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएको थियो । न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्युु भएको थियो । घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युपछि भने सम्पर्कविहीन भएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्