Logo

कांग्रेस केन्द्रीय समितिको दोस्रो बैठक आज बस्दै



काठमाडौँ, १९ पुस। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको दोस्रो बैठक आज बस्दै छ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो २ बजे बैठक केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने जानकारी दिएका हुन् ।

बैठक केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको उनले बताए। बैठकमा राष्ट्रिय सभा निर्वाचन र समसामयिक विषयमा छलफल हुनेछ। कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षबाट दुईतिहाइभन्दा बढी निर्वाचित भएका छन्। १३ पदाधिकारीसहित १ सय ३४ जना निर्वाचित हुँदा सभापति देउवा प्यानलका १ सय १० जना छन्। बाँकी सभापतिका निकटतम प्रतिद्वन्द्वी डा.शेखरप्रसाद कोइराला पक्षका हुन्।

निर्वाचनका क्रममा प्रदेश २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध भएका थिए। मनोनित गर्न पाउने ३३ मध्ये अब २० जना मनोनीत गर्न बाँकी छन्। उक्त बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई आग्रह गरिएको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्