Logo

भारतमा पाँच गुणाले कोरोना संक्रमित बढे



एजेन्सी, १९ पौष । भारतमा एक हप्तामा कोरोना भाइरसका संक्रमित पाँच गुणाले वृद्धि भएको छ । एक हप्ता अघि दैनिक ७ हजार संक्रमित पत्ता लागेकोमा सोमबार झण्डै ३४ हजार दैनिक संक्रमित संख्या रेकर्ड भएको छ ।

डेल्टा र ओमिक्रन भाइरसका कारण संक्रमित बढेको जनाइएको छ । सोमबारमात्र १७ सय ओमिक्रन संक्रमित पत्ता लागेका छन् ।

भारतले अक्सिजन र आइसियूबेडमा ध्यान दिइसकेको छ । स्वास्थ्यमन्त्री मनुसुख मान्डभियाले १५ देखि १८ वर्ष समूहकालाई भ्याक्सिन लगाउने घोषणा गरेका छन् । उनले राज्यहरुलाई ३ अर्ब डलरभन्दा बढी कोरोना कोषको रकम खर्च गर्न समेत आग्रह गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्