Logo

पाकिस्तानका पूर्वकप्तान मोहम्मद हफीजले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास



एजेन्सी, १९ पुस। पाकिस्तानी अलराउन्डर तथा पूर्वकप्तान मोहम्मद हफीजले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । संन्यासको घोषणा गर्दै हफीजले भनेका छन्, ‘आज गर्व र खुसीसाथ मैले अन्तर्राष्ट्रिय संन्यासको घोषणा गर्दैछु । सुरुमा मैले सोचेभन्दा पनि सफलता हात पारेको छु । मेरो खेलजीवनमा विभिन्न तरिकाले सहयोग गर्ने सबै खेलाडी, क्याप्टेन, सपोर्ट स्टाफ र पाकिस्तान क्रिकेट बोरडलाई धन्यवाद दिन चाहन्छु ।’

सन् शारजाह रंगशालामा सन् २००३ अप्रिल ३ मा जिम्बाब्वेविरुद्ध डेब्यु गरेका हफीज एकदिवसीय बलिङतर्फ नम्बर एकमा समेत पुगेका थिए । उनले पाकिस्तानलाई सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि दिलाएका थिए । पाकिस्तानबाट उनले ३९२ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले १२, ७८० रन बनाएका छन् भने २५३ विकेट लिएका छन् । उनले ३२ वटा खेलमा पाकिस्तानको कप्तानीसमेत गरेका छन् ।

उनले सन् २००७, २०११ र २०१९ मा ओडीआई विश्वकप र २००७, २०१०, २०१२, २०१४, २०१६ र २०२१ मा ट्वान्टी-२० विश्वकप खेलेका छन् । त्यस्तै २००६, २०१३ र २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफीमा सहभागी भएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot