Logo

रेशम चौधरीको पत्नीले गरिन् पार्टी दर्ता



काठमाडौं, १९ पुस । निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ता गरेका छन् । उनले आज श्रीमती रञ्जीता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ दल दर्ता गरेका हुन् ।

दल दर्ताको निवेदन दिनका लागि उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु भृकुटीमण्डपमा भेला भएर बाजागाँजासहित निर्वाचन आयोग पुगेका थिए । ¥यालीमा चौधरीको श्रीमती श्रेष्ठ पनि सहभागी थिइन् ।

उक्त पार्टीको चुनाव चिन्ह भने ढकिया राखिने पनि चौधरीनिकट स्रोतले जनाएको छ। चौधरी अहिले कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा छन् ।

२०१ जनाको केन्द्रीय सदस्य रहनेगरि आयोगमा दर्ता गर्न लागिएको उक्त पार्टीमा थारु र पहाडीहरु सबैलाई समावेशी गरिने जनाईएको छ ।

Photo: Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्