Logo

एमालेबाट पाणिनी गाउँपालिका उपाध्यक्षमा निर्वाचित गौतम कांग्रेसमा



अर्घाखाँची, १९ पुस : एमालेबाट पाणिनी गाउँपालिका उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।  कांग्रेस पाणिनी गाउँसमितिले साेमबार दुर्गाफाँटमा आयोजना गरेको एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले गौतमलाई पार्टी प्रवेश गराएका हुन् ।

गाउँपालिका महासंघको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ गौतमले एमाले विभाजन हुँदा नेकपा एसको पक्षमा सनाखत गरेकी थिइन् । गौतमसँगै नेकपा एसमा सनाखत गरेका वडा सदस्य प्रकाश भुसाल एमालेमा फिर्ता भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्