Logo

मेडिकल काउन्सिलको चिकित्सक दर्ताको लागि परीक्षा पुस २२ गतेदेखि (सुचनासहित)



काठमाडौं, १९ पुस । नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि दर्ता प्रमाणपत्र परीक्षा पौष २२ देखि  सञ्चालन गर्ने भएको छ।

काउन्सिलले आज एक सूचना जारी गरेर बीडीएस र एमबीबीएस उत्तीर्ण गर्ने विद्यार्थीको दर्ता प्रमाणपत्र परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्रमा पौष २५ गतेसम्म हुने जानकारी गराएको हो ।

बीडीएस अध्ययन गरेका विद्यार्थीको एउटा समूहको २२ पुस बिहान ९ देखि १२ बजेसम्म र अर्को समूहको अपराह्न २ देखि ५ बजेसम्म हुने काउन्सिलले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्