Logo

यी हुन् कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो बैठकको निर्णयहरू



काठमाडौं, १९ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज सम्पन्न भएको छ । महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्ताव प्रस्तुत गरेका हुन् । आजको बैठकले निम्न निर्णय गरेको छ ।

(१) नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७८ पौष १९ मा बसेको यो बैठक राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ को प्रयोजनका लागि संवत् २०७८ साल माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय सभा सदस्य पदका लागि नेपाली कांग्रेसको तर्फबाट,
प्रदेश नं. १ मा — गोपालकुमार बस्नेत
बागमती प्रदेशमा— कृष्णप्रसाद पौडेल
गण्डकी प्रदेशमा— कमला पन्त
कर्णाली प्रदेशमा— दुर्गाकुमारी गुरुङ
लुम्बिनी प्रदेशमा— युवराज शर्मा
सुदूरपश्चिम प्रदेशमा— नारायण मिश्र लाई उम्मेदवारमा मनोनयन गर्ने निर्णय गर्दछ ।

(२) माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यवद्ध ढंगले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरुलाई विजयी गराउन केन्द्रीय कार्यसमितिको यो बैठक सबै आदरणीय मतदाताहरुलाई हार्दिक आह्वान गर्दछ ।



प्रतिक्रिया दिनुहोस्