काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र) का नवनिर्वाचित केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन् ।
२९९ केन्द्रीय सदस्यमध्ये २३६ जना आइतबार केन्द्रीय सदस्यमा मनोनीत भएका भए । मनोनीत सदस्यहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम