Logo

यी हुन् राष्ट्रियसभामा काँग्रेसका उम्मेदवार (सूचीसहित)



काठमाडौं, १९ पौष । नेपाली काँग्रेसले १२ माघमा हुने राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा उम्मेदवार टुंगो लगाएको छ । काँग्रेसले ६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो ।

सत्ता गठबन्धनमा भागवण्डा भएअनुसार काँग्रेसबाट ६ जना उम्मेदवार बन्ने सहमति भएको थियो । राष्ट्रियसभाको १९ सिट खाली हुनलागेपछि निर्वाचन हुनलागेको हो ।
उम्मेदवार चयन भएकामा कमला पन्त महिलातर्फको काँग्रेस सहमहामन्त्रीमा डीना उपाध्यायसँग पराजित भएकी थिइन् । उनी गोरखाबाट विगतमा निर्वाचित सांसद पनि थिइन् ।

नारायण मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा देउवाइतर समूहबाट उम्मेदवार बनी पराजित भएका थिए । राष्ट्रियसभाको उम्मेदवार चयन गर्दा सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलनिकट मानिने पन्तलाई बढाएको देखिन्छ ।

काँग्रेसबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार
प्रदेश १
गोपालकुमार बस्नेत
बागमती
कृष्णप्रसाद पौडेल
गण्डकी
कमला पन्त
लुम्बिनी
युवराज शर्मा
कर्णाली
दुर्गाकुमारी गुरुङ
सुदूरपश्चिम
नारायण मिश्र



प्रतिक्रिया दिनुहोस्