Logo

नेकपा(एकीकृत समाजवादी)ले राष्ट्रियसभा उम्मेदवारको टुंगो लगायो



काठमाडौँ, १९ पुस। नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाएको छ। पार्टी प्रवक्ता जगननाथ खतिवडाले पाँच जनाको नाम टुंगो लागेको बताए । उनका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राज्यलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदन कुमार शाहको नाम टुंगो लागेको हो।

रिक्त रहेको पदपूर्तिका लागि निर्वाचन आयोगले माघ १२ गते राष्ट्रिय सभा चुनाव गर्दैछ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot