काठमाडौं, १९ पुस । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको छ । त्यसमा म्याग्दीकी बिमला गौचनको नाम परेन । उनको नाम अन्तिम समयमा हटाइएको थियो ।
कांग्रेस महिला संघ म्याग्दीको सभापति तथा महासमिति सदस्य बिमला गौचनले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने आश्वासनका साथ तयार रहन भनिएको थियो । तर, उनको नाम परेन ।
गौचन २०७६ सालमा नेपाली काँग्रेसबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाइएकी थिइन् । कम्युनिस्टहरु बलियो अवस्थामा रहेकाले उनी हार्ने निश्चित थियो । काँग्रेसको झण्डा बोकेर उनी उम्मेदवार बनिन् ।
सामाजिक सेवाका अग्रसर गौचनले २०६२/६३ सालमा जनआन्दोलनमा कांग्रेसको तर्फबाट सक्रिय भूमिका निभाएकी थिइन् । १३औं महाधिवेशनमा गौचनले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएकी थिइन् । २०७४ सालमा महासमिति सदस्य भएकी उनी १४औं महााधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिमा म्याग्दीबाट अत्यधिक मत ल्याएर महासमिति सदस्य भएकी छिन् । २०७४ मा कांग्रेसबाट गण्डकी प्रदेशबाट पनि समानुपातिक उम्मेदवार भएकी थिइन् ।
सामाजिक कार्यमा पनि अग्रसर गौचन ग्रामिण वातावरण शसक्तिकेन्द्र ९रिक० म्याग्दीको २०६४ मा अध्यक्ष बनेकी थिइन् । दोभान लायन्स क्लब म्याग्दीको २०६९ को अध्यक्ष,एकल महिला म्याग्दीको २०७० सालमा संस्थापक अध्यक्ष, नारी जागृती बहुउद्देश्शीय सहकारी संस्था बेनीको २०५९–६१ सम्म उपाध्यक्ष, होटल व्यवसायी तथा रेष्ट्रेन्ट म्याग्दीको संस्थापक अध्यक्ष, उद्योग वाणिज्य संघ म्याग्दी उद्यमी महिला विभागको सल्लाहकार, पर्यटन बोर्ड द्यौलागीरीको २०७६ को सदस्य, भिजिट २०२० नेपालको म्याग्दीको संयोजक, प्रदेश टुरिजम बोर्डको सदस्य, थकाली सेवा समितिको केन्द्रीय सदस्य, रोटरी क्लब म्याग्दीको चार्टर सदस्य भई हाल म्याग्दीको टुरिजम बोर्डको अध्यक्ष समेत हुन् ।
उनले देश तथा विदेशबाट विभिन्न अवार्ड समेत हात पारेकी छिन् । कांग्रेस नेतृ गौचनले २०७६ मा अन्तराष्र्टिय अमेकर अवार्ड, अमेरिकी संस्था सिभिक फेलिसिएसनको ९एबिआई० २०६८, च्याम्बर अफ कमर्श र नेपाल टुरिजम बोर्डबाट २०७३ सालमा सम्मानित भएकी थिइन् ।
उनले अमेरिका, क्यानाडा, युरोप, कोरिया, सिंगापुर, हङकङ, जापान, अष्ट्रेलिया, मलेसिया, थाइल्यान्ड, साउथ कोरियालगायतका देशहरु भ्रमण गरेकी छिन् ।
उनको श्रीमान राम गौचन पनि नेपाली कांग्रेस म्याग्दीमा सक्रिय थिए। स्वर्गीय राम गौचनले पूर्वमन्त्री नारायण सिंह पुनलाई कांग्रेसको निर्वाचन र संगठन विस्तारको लागि द्यौलागीरीमा ठूलो योगदान पुर्याएका थिए । उनको दुघर्टनामा म्याग्दीमै मृत्यु भएको हो । श्रीमान राम गौचन मृत्यु भएलगत्तै गिरीजाबाबुले बिमला गौचनलाई राज्यमन्त्री बनाउन खोजेका थिए । त्यतिबेला राज्यमन्त्री बिमलाले अस्विकार गरेकी थिइन् ।
कांग्रेस केन्द्रीय समितिले प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायण मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
आज बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनमा उम्मेदावरको भागबण्डा गर्दा कांग्रेसको भागमा ६ सिट परेको थियो । सोही ६ सिटका लागि कांग्रेसले उम्मेदवार छनोट गरेको हो।