Logo

माओवादीले टुंग्यायो राष्ट्रियसभा निर्वाचनको उम्मेदवार



काठमाडौं, पुस २० । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रको भागमा पाँच सिट परेका थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच जना उम्मेदवारको नाम चयन गरेका हुन् । सोमबार बसेको नवनिर्वाचित केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डलाई उम्मेदवार नाम छान्ने जिम्मेवारी दिएको थियो

स्रोतका अनुसार प्रचण्डले प्रदेश दुईबाट महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, गोरखाबाट दलिततर्फ भरत सुनार, अपांगतर्फ सुर्खेतका नरबहादुर विष्ट र दलिततर्फ सुदूरपश्चिम प्रदेश जगत पार्कीलाई उम्मेदवार बनाएका छन् ।

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ । त्यसका लागि आज उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot