Logo

भटौलिया बजारमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा



काठमाडौं, २० पुस । सिटिजन्स बैंक इन्टरनेसनलले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले नवलपरासीको बर्दघाट नगरपालिका भटौलिया बजारमा ९०औं शाखारहित बैंकिङ सेवा शुरुवात गरेको हो ।

बैंकले सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी नवराज पहरीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैंकले लक्ष्य राखेको छ ।

बैंकले १७४ वटा शाखा कार्यालय, १२३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ इकाइबाट १२ लाख ८० हजार ग्राहकलाई सेवा प्रदान गर्दैै आएको छ ।



प्रतिक्रिया दिनुहोस्