Logo

अवैध लागूऔषधसहित ३ जना पक्राउ



रुपन्देही, २० पुस। देबदह नगरपालिका-२ ढेकार श्रीचोकबाट ७ ग्राम ५ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओमसतिया गाउँपालिका-६ बस्ने ३७ वर्षीय वर्मानन्ध धरिकार र भारत महाराजगंज सुनौली बस्ने ३८ वर्षीय अर्जुन साहानी रहेका छन् ।

लु.५५ प २२०५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, शिवसताक्षी नगरपालिका-११ दुधे बस्ने २५ वर्षीय ज्याकप लिम्बुलाई ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद १० हजार रुपैयाँ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा कोठामा लुकाई राखेको उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot