Logo

प्रहरी प्रवक्ता कुंवरको दाबी– निर्मला पन्तको बलात्कारी छिट्टै पत्ता लाग्छ (भिडियोसहित)



काठमाडौं, २० पुस । नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुंवरले निर्मला पन्तको बलात्कार प्रकरणमा नेपाल प्रहरीले आफ्ना सम्पूर्ण स्रोत साधनको प्रयोग गरेर अनुसन्धानमा लागेको बताएका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यो मुद्दालाई प्रतिष्ठाको विषय बनाएर छिटो भन्दा छिटो अपराधि पत्ता लगाउन नेपाल प्रहरी प्रयासरत रहेको बताएका हुन् ।

अनुसन्धानको क्रममा एक भारतिय नागरिक पक्राउ गरिएको विषयमा भने उनी खुल्न चाहेनन् । ‘यो अनुसन्धानको विषय हो, यसबारे बोल्न मिल्दैन् । निष्कर्ष निकालियो भने सबैकुरा बाहिर आउँछ । नेपाल प्रहरी यस प्रकरणमा सम्पूर्ण शक्ति प्रयोग गरिरहेको छ’ उनले भने ।

साथै, उनले नेपाल प्रहरीले बिगत १७ महिनामा ११ हजार फरार अपराधि समातेको दाबी गरे ।

प्रहरी सरुवाबढुवामा शक्तिको दुरुपयोग हुन्छ ? भन्ने प्रश्नमा भने उनले यो कुरा हल्लामात्र रहेको बताउदै प्रमाण भए नेपाल प्रहरी त्यसको जवाफ दिन तयार रहेको स्पष्ट पारे ।

यस्तै, उनले पछिल्लो अवस्थामा नेपाल प्रहरीको अवस्था सुधारीएको दाबी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot