Logo

दिल्लीका मुख्यमन्त्री केजरीवालाई कोरोना संक्रमण



एजेन्सी, २० पुस। भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ । उनले ट्वीटमार्फत कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

केजरीवालले ट्वीटरमा लेखेका छन्, ‘मेरो कोभिड परिक्षण नतिजा पोजेटिभ आएको छ । हल्का लक्षणहरु छन् । मैले आफूलाई घरमा आइसोलेट गरेको छु । जो व्यक्ति पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आउनु भएको थियो उहाँहरुलाई म आइसोलेशनमा बसेर कोभिड परिक्षण गर्न अनुरोध गर्दछु।’

भारतमा पछिल्ला दिन कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो चौबिस घण्टामा भारतमा थप ३७ हजार ३७९ जनामा कोरोना संक्रमण भएको पाइएको छ । उक्त समयमा दिल्लीमा ४ हजार ९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्