Logo

चीनको गुइझोउ प्रान्तमा पहिरोमा परी ५ जनाको मृत्यु ९ जना बेपत्ता



गुइयाङ [चीन], २० पुस: दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको बिजी शहरमा निर्माणस्थलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको भने अन्य नौ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।

सिन्ह्वाका अनुसार सोमबार साँझ ७ बजेतिर पहिरो खसेको बिजीको नगरपालिका सरकारले जनाएको छ । मंगलबार बिहान ७ बजेसम्म आठ जनाको उद्धार गरिएको छ । तीमध्ये तीन जनाको स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको र अवस्था स्थिर रहेको छ भने अन्य पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सिन्ह्वाका अनुसार आपतकालीन दमकल र सार्वजनिक सुरक्षा विभागका ७२० भन्दा बढी कर्मचारी बेपत्ता व्यक्तिहरूको खोजी गर्न घटनास्थलमा पुगेका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्