Logo

बिना कारण हटाइदा केहि समय गाह्रो भएको थियोः ज्ञानेन्द्र मल्ल



काठमाडौं, २० पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफुलाई बिना कारण हटाइदा केहि समय गाह्रो भएको बताएका छन् ।

आज (मंगलबार) बन्द प्रशिक्षणका क्रममा रहेको समयमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै उनले आफुले यत्रो वर्ष क्रिकेटलाई दिएको भएपनि बिना कारण निकाल्दा दुःख लागेको बताएका हुन् ।

साथै, उनले आफु सधै कप्तान हुनुपर्छ भन्ने सोच नभएको स्पष्ट पार्दै अबको लक्ष्य अगाडी बढ्ने भएको बताए ।

‘महत्वपूर्ण प्रतियोगिता आएको छ । त्यसको लागि भएपनि सबै एक ठाउँमा बस्नुपर्छ । जे भयो भयो अबको हाम्रो लक्ष्य भनेको अगाडी बढ्ने हो । अब धेरै समयपनि छैन्, हाम्रो मुख्य लक्ष्य भनेको विश्वकप खेल्ने हो’ उनले भने ।

क्यान र आफुहरु बिच केहि असन्तुष्टिमात्र रहेको उल्लेख गर्दै यसलाई ठूलो विवादको रुपमा चित्रित नगर्न उनको आग्रह थियो ।

सञ्चारमाध्यममा खेलाडी वर्गिकरणको विषयमा बोलेको भन्दै क्यानले ज्ञानेन्द्र सहित चार खेलाडीलाई कारबाहि गरेको थियो ।

त्यसैकारण क्यानले शनिबारबाट बोलाएको बन्द प्रशिक्षणमा ज्ञानेन्द्र सहित १२ खेलाडी सहभागि भएका थिएनन् । तर, आइतबार क्यान र खेलाडीबीच सहमती भएपछि उनीहरु बन्द प्रशिक्षणमा फर्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस्