Logo

दक्षिण अफ्रिकाको संसद् भवनमा पुन: आगलागी



एजेन्सी, २० पुस।दक्षिण अफ्रिकाको संसद् भवनमा पुनः आगलागी भएको छ। आगलागी भएको ३६ घण्टा नबित्दै करिब १३० वर्ष पुरानो उक्त संसद् भवनमा पुनः आगलागी भएको हो।

यसअघि आइतबार उक्त संसद् भवनमा आगलागी भएको थियो। आगलागीबाट सो भवन परिसरभित्र रहेको राष्ट्रिय सभाको भवन पूर्ण रुपमा ध्वस्त बनेको थियो। आगलागीबाट भौतिक रुपमा ठुलो क्षति पुगेको सो भवनमा सोमबार साँझ पुनः आगलागी भएको अन्तरराष्ट्रिय मिडियामा खबर छ। आगलागी भने हाल नियन्त्रणमा आइसकेको बताइएको छ।

करिब १३० वर्षअघि निर्मित सो भवन ऐतिहासिक मानिन्छ। सो भवनमा आगलागीको वास्तविक कारण हालसम्म पत्ता नलागे पनि प्रहरीले सोमबार ४९ वर्षीय संकास्पद पुरुषलाई पक्राउ गरेको थियो। संसद् भवनभित्र चोरी गर्न गएका तिनै व्यक्तिले आगो लगाएको हुन सक्ने आशंका गरिएको छ।-Photo Source: NPR.org



प्रतिक्रिया दिनुहोस्