काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ९८ दिन लामो अस्पतालको बसाइपछि मंगलबार डिस्चार्ज भएका छन् ।
जन्डिस बिग्रिएर स्वास्थ्यमा समस्या आएपछि सुरुमा थाइल्यान्ड गएका उनी थाइल्यान्डबाट रेफर भएर उपचारका चीन पुगेका थिए ।
चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा उपचार गराइरहेका उनी स्वास्थ्य राम्रो भएपछि आज डिस्चार्ज भएका हुन् ।
अब उनी ३ दिन बसेर आउँदो शुक्रबार नेपाल फर्कने भएका छन् । नेता पुनको साथमा उनकी धर्मपत्नी ओनसरी घर्ती पनिसँगै गएकी थिइन् ।