Logo

माओवादी महाधिवेशनको निष्कर्ष : यथास्थितिमा एमसीसी पारित नगरियोस्



काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र) ले अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ । काठमाडौंमा हालै सम्पन्न आठौं महाधिवेशनवाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले एमसीसी यथास्थीतिमा पारित नगर्ने निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रको यस्तो छ पारित समसामयिक प्रस्ताव (पूर्णपाठसहित)

‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्,’ माओवादीको जोड छ, ‘यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसदसहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot