Logo

‘एमसीसी पारित नगर्ने’ माओवादीको लाइन स्पष्ट



काठमाडौं, २० पौष । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित नगर्ने स्पष्ट लाइन लिएको छ । आठौं महाधिवेशनबाट पारित ४५ बुँदे प्रस्तावमा एमसीसी पारित नगर्ने स्पष्ट लाइन सार्वजनिक गरेको हो ।

माओवादीले एमसीसी सम्झौताका कतिपय प्रावधानहरु नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएको तर्क गरेको छ । बुँदा नम्बर ५ मा भनिएको छ,‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसी बिच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले  यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस। यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद सहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ।’

माओवादीले एमसीसीको विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद सहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न माग गरेको छ ।

यसअघि नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी यथास्थितिमा पारित नगर्ने धारणा सार्वजनिक गरिसकेका थिए । माओवादीको महाधिवेशनले नै एमसीसी पारित नगर्ने अडान स्पष्ट पारेबाट देशको राजनीतिमा नयाँ घटनाक्रम विकास हुने सम्भावना बढेको छ । अब एमसीसी थाती राख्ने वा गठबन्धनबारे सोच्ने चुनौती देउवामाथि परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot