Logo

अफगानिस्तानका महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाउने तालिवानको घोषणा



एजेन्सी, २० पुस। उत्तरी अफगानिस्तानका महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाउने तालिवानले घोषणा गरेको छ। तालिवानले सोमबार सो घोषणा गरेको हो।

उज्वेकिस्तानसँग नाका जोडिएको बाल्ख प्रान्तका महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाउने घोषणा तालिवानले गरेको खामा प्रेसमा उल्लेख छ। धार्मिक मान्यताअनुसार महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाइने गरी तालिवानले सो घोषणा गरेको बताइएको छ।

खामा प्रेसकाअनुसार राजनीतिक स्कोलरहरु र प्रान्तीय सरकारका अधिकारीहरुले सो निर्णय गरेका हुन्। नयाँ निर्णयअनुसार अफगानिस्तानका महिलाले अब गोप्य स्नानगृह मात्र नुहाउनुपर्ने बताइएको छ। स्नान गर्दा महिलाले हिजाब भने अनिवार्य रुपमा लगाउनुपर्ने बताइएको छ।

पुरुषहरुले भने सार्वजनिक स्नानगृहमा पनि नुहाउन पाउनेछन्। यद्यपि, किशोरहरुले भने सार्वजनिक स्थलमा नुहाउन र मसाज गर्न नपाउने खामा प्रेसमा उल्लेख छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्