Logo

प्रचण्डले वर्षमानलाई किन पर्खिए ?



काठमाडौं, २० पौष । नेकपा माओवादी केन्द्रमा वर्षमान पुन निकै शक्तिशाली देखिएका छन् । उनी चीनमा हुँदा नै माओवादीको आठौं महाधिवेशन सकियो । केन्द्रीय सदस्यमा चयन भए ।

वर्षमान मात्र नभई उनकी पत्नी ओनसरी घर्ती पनि केन्द्रीय सदस्य मनोनित भएकी छिन् । दुवै चीनमा छन् । वर्षमान जन्डिसको उपचारका लागि थाइल्यान्ड हुँदै चीन पुगेका थिए । त्यहाँ उनको उपचार भएपछि फर्कने तय भएको छ ।

चीनको सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटबाट पुन डिस्चार्ज भइसकेका छन् । अबको तीन दिनपछि मात्र उनी नेपाल आइपुग्नेछन् । प्रचण्डले वर्षमानलाई पर्खनकै लागि १४ पदाधिकारी चयनलाई तयारी नपुगेको भन्दै रोकेका छन् ।

पुन माआवादीभित्र निकै शक्तिशाली देखिएका छन् । उनलाई चीनले निकै महत्व दिएको छ । उपचारका लागि चीन जानु नै अर्थपूर्ण थियो । अस्पतालमा चिनियाँ नेताहरु भेटघाटमा पुगे । चीनका विदेश विभागका उपमन्त्री चेन झाओसँग पुनको औपचारिक भेट समेत भयो । कम्युनिस्ट एकताको विषयमा पनि कुराकानी गरे ।

वर्षमान पुन चीनले विश्वास गरेका माओवादीका थोरै नेतामध्ये हुन् । उनी विगतमा पनि चीनमा निकै ओहोरदोहोर गर्दथे ।

माओवादी केन्द्रमा वर्षमान महासचिवका मुख्य दाबेदार हुन् । उनी आएपछि सल्लाह गरेर प्रचण्डले निर्णय लिने बुझिएको छ । प्रचण्ड वर्षमान पुन या शक्ति बस्नेतमध्येबाट अध्यक्ष चयन गर्ने पक्षमा देखिएका छन । तर, जर्नादन शर्मा र देव गुरुङ पनि दाबेदार देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्