Logo

बाबुरामले प्रचण्डलाई अध्यक्ष निर्वाचित भएको भोलिपल्ट यसरी दिए बधाई



काठमाडौं, २० पौष । नेकपा माओवादी केन्द्रको अध्यक्षमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डलाई जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बधाई दिएका छन् । आफ्ना पूर्व सहकर्मीलाई बाबुरामले अध्यक्ष चयन भएको भोलिपल्टमात्र बधाई दिएका छन् ।

बाबुरामले टवीटरमा प्रचण्डलाई बधाई दिदै प्रचण्ड अध्यक्षमा पुनः निर्वाचित भएबाट अग्रगमनकारी शक्तिहरुको सहकार्य र ध्रुवीकरणमा बल पुग्ने आशा व्यक्त गरे ।

बाबुरामले लेखेका छन्ः नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुन: निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचणडलाई हार्दिक वधाइ तथा शुभकामना! प्रतिगमन र यथास्थितिवादविरूद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा!



प्रतिक्रिया दिनुहोस्