Logo

शेखर कोइरालाले आफूनिकट नेताहरुको बैठक नबोलाएको खुल्यो



काठमाडौं, २० पौष । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफूनिकट नेताहरुको बैठक बोलाएको चर्चा चल्यो । तर, यो सत्य नभएको स्पष्ट भएको छ ।

कोइरालाको सचिवालयले सामाजिक सञ्जालमार्फत् आज दिउँसो आफूनिकट नेताहरुको बैठक बोलाएको भन्ने खबर असत्य भएको जानकारी दिएको छ । कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले ट्वीट गर्दै आफूनिकट नेताहरुको बैठक बोलाएको भन्ने खबर सत्य नभएको बताएका हुन् ।

शेखर कोइरालालाई सभापति शेरबहादुरले पेल्दै लगेको विषय चर्चामा आइरहँदा गुटको बैठक डाकेको हल्ला चलेको थियो ।



प्रतिक्रिया दिनुहोस्