Logo

त्रिविमा लगाएको ताला खुल्यो, त्रिविले अस्थायी शिक्षकहरूलाई स्थायी गर्ने प्रक्रिया अघि नबढाउने



काठमाडौं, २० पुस । त्रिभुवन विश्वविद्यालयले अस्थायी तथा करार शिक्षकहरूलाई स्थायी गर्ने प्रक्रिया अघि नबढाउने भएको छ ।

मंगलबार एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियू र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिबीच भएको वार्तापछि अस्थायी र करारका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने प्रक्रिया अगाडी नबढाउने भएको हो ।

त्रिबिले सहमतिसँगै अनेरास्ववियूले विश्वविद्यालयका विभिन्न शाखामा गरेको तालाबन्दी खोलेको छ । त्रिवि वार्ता टोलीका सदस्यसँग ५ बुँदे सहमति गर्दै तालाबन्दी सहितको आन्दोलनको कार्यक्रम फिर्ता लिइएको अनेरास्ववियूले जनाएको छ ।

पुस १६ गतेदेखि अनेरास्ववियूले तालाबन्दी सहित आन्दोलन सुरु गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot