काठमाडौं, २० पुस । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३ सेम्जोङमा निर्माणाधीन रण मुक्तिश्वर महादेव शिब मन्दिरको रा.प्र.पा उपाध्यक्ष तथा पुर्ब गृहमन्त्री बुद्धिमान तामाङले उद्घाटन गरेका छन् ।
दलित समुदायको बिशेष सकृयतामा निर्माण समपन्न उक्त मन्दिरलाई प्रमुख अतिथी समेत रहेका पुर्बमन्त्री तामाङले नगद रकम २५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । कार्यक्रममा उनले उत्तरी धादिङको हरेक बिकास निर्माणको कार्यमा आफुले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
मन्त्री तामाङ बिशेष आतिथी रहेको मन्दिर समुद्घाटन कार्यक्रममा पुर्ब राज्यमन्त्री तथा रा.प्र.पा.का नेता पशुराम तामाङ, अन्तर्राष्ट्रिय रेफ्री धुर्ब बिक्रम मल्ल, हरी भन्डारी लगायत अन्य राजनीतिक पार्टीसंग आबद्ध नेता,स्थानिय जनता, विभिन्न पेसा र ब्यबसायसंग आबद्ध कर्मचारी, शिक्षक, बिधार्थीहरुको पनि उल्लेखनिय उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न पन्चेबाजासहितको झाँकीले थप रौंनक थपेको थियो ।