Logo

बालुवाटार जग्गा प्रकरणका पाँच जना विरुद्ध विभागको मुद्दा



काठमाडौं, २० पुस । बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालसहित पाँच जना विरुद्ध मुद्दा दायर गरिएको छ।
राजस्व अनुसन्धान विभागले आज ढकाल सहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठ विरुद्ध उच्च अदालत पाटनमा राजस्व छलीको आरोपमा मुद्दा दायर गरेको जनाएको छ ।

पाँचजना विरुद्ध २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ सजायको माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो । उनीहरूले छलेको राजस्व १ अर्ब २० करोड ४९ लाख बिगो कायम गर्दै त्यसको शतप्रतिशत जरिवाना माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्