Logo

एमाले उम्मेदवारसँग १९ सिटका लागि कहाँ को मुख्य प्रतिष्पर्धी (सूचीसहित)



काठमाडौं, २० पौष । राष्ट्रियसभाको १९ सिटका लागि सत्ता गठबन्धनका पाँच दल एकातर्फ छन् भने नेकपा एमाले एक्लो छ । अन्य दलले उम्मेदवारी दिएपनि उनीहरु जित्ने सम्भावना छैन ।

राष्ट्रिय सभामा १९ सिटमा एमाले भर्सेस सत्ता गठबन्धन बनेको छ । एमालेले १९ सिटमै उम्मेदवारी दर्ता गरेको छ । सत्ता गठबन्धनबाट नेपाली काँग्रसले ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले ५५, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ स्थानमा उम्मेदवारी दर्ता गरेका छ । चुनावी अंकगणितलाई हेर्दा गठबन्धन मिलेर एमालेलाई ठूलो धक्का दिनसक्ने सम्भावना छ ।

यसअघि १९ सिटमध्ये ८ सिटमा एमाले उम्मेदवार रहेकोमा जोगाउन मुश्किल देखिएको छ । काँग्रेसलाई ३ सिटमा लाभ हुने सम्भावना देखिदैछ । माओवादी र नेकपा एसले ११ सिटमा लाभ लिन सक्छन् ।

प्रदेश नं १
महिलातर्फ
जयन्ती देवी राई, नेकपा एस
सुमित्रा देवी भण्डारी नेकपा एमाले

अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक
हेमराज राई, जसपा
सोनाम गेल्जेङ शेर्पा, नेकपा एमाले

अन्यतर्फ
गोपालकुमार बस्नेत, नेपाली काँग्रेस
गुरुप्रसाद बराल, नेकपा एमाले

प्रदेश नं २
महिलातर्फ

विना देवी, नेकपा एमाले

उर्मिला अर्याल, नेकपा, माओवादी केन्द्र
रुपा कुमारी यादव, लोसपा

अन्यतर्फ
महमद खलिद, जसपा
उसमान अन्सारी, नेकपा एमाले

बागमती प्रदेश
महिलातर्फ
गोमादेवी तिमिल्सिना, नेकपा एस
निरकुमारी कुँवर, नेकपा एमाले

अन्यतर्फ
कृष्णप्रसाद पौडेल, नेपाली काँग्रेस
गोपाल शाक्य, नेकपा एमाले

गण्डकी प्रदेश
महिलातर्फ
कमला पन्त, नेपाली काँग्रेस
लिला पोखरेल थनेत, नेकपा एमाले

दलिततर्फ
भुवनबहादुर सुनार, नेकपा माओवादी केन्द्र
अर्जुनकुमार सुनाम, नेकपा एमाले

अन्यतर्फ
सुरेश आले मगर, नेकपा माओवादी केन्द्र
पुण्यप्रसाद पौड्याल, नेकपा एमाले

लुम्बिनी प्रदेश
महिलातर्फ
भारती उपाध्याय खनाल, नेकपा एमाले
राजेन्द्रलक्ष्मी गैरे, नेकपा एस

दलिततर्फ
कृष्ण सुनार नेकपा एमाले
तुलप्रसाद विश्वकर्मा, राष्ट्रिय जनमोर्चा

अन्यतर्फ
रामदयाल गुप्ता, नेकपा एमाले
युवराज शर्मा, नेपाली काँग्रेस

कर्णाली प्रदेश
महिलातर्फ
दुर्गा गुरुङ, नेपाली काँग्रेस
गंगा थापा महत, नेकपा एमाले

अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ
नरबहादुर बिष्ट, नेकपा माओवादी केन्द्र
पदमबहादुर माझी, नेकपा एमाले

अन्यतर्फ
चुडामणि शर्मा, नेकपा एमाले
उदयबहादुर बोहोरा, नेकपा एस

सुदूरपश्चिम प्रदेश
महिलातर्फ
सन्तोषकुमारी शर्मा थापा, नेकपा एमाले
मदनकुमारी शाह (गरिमा), नेकपा एस

दलिततर्फ
नरेशकुमार विश्वकर्मा, नेकपा एमाले
जगतबहादुर पार्की, नेकपा माओवादी केन्द्र

अन्यतर्फ
डिल्लीराज भट्ट, नेकपा एमाले
नारायणदत्त मिश्र, नेपाली काँग्रेस



प्रतिक्रिया दिनुहोस्

Screenshot