Logo

करार शिक्षकलाई स्थायी नगर्ने सहमतिपछि खुल्यो त्रिविको ताला



काठमाडौं, पुस २१ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमतिपछि त्रिविका पदाधिकारीको कार्यकक्ष र मूलढोकामा एक महिनादेखि लागेको ताला हिजोबाट खुलेको छ ।

सरकारवादी ६ वटा विद्यार्थी संगठन र विपक्षी दल एमालेको भ्रातृ संगठन अनेरास्ववियुले मंसिर १६ देखि उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यकक्षमा ताला लगाएको थियो ।

त्यसपछि पनि माग पूरा गर्ने विषयमा त्रिविले कुनै चासो नदिएपछि विद्यार्थी संगठनले यही ६ गतेदेखि तीन पदाधिकारीको कार्यालयको मूलढोकामै ताला लगाएका थिए ।

लगातार तालाबन्दी भएपछि त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका निर्देशक प्रा पशुपति अधिकारीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

टोलीले हिजो मंगलबार अनेरास्ववियुसँग वार्ता गरेको थियो भने यसअघि सोमबार दिउँसो सरकार आबद्ध ६ विद्यार्थी संगठनसँग वार्ता गरेको थियो ।

दुई चरणको वार्तापछि छुट्टाछुट्टै पाँचबुँदे सहमति गरी ताला खोलिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot