Logo

मारवाडी सेवा समितिलाई सिद्धार्थ बैंकद्वारा १५ लाख सहयोग



काठमाडौं, २१ पुस । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको फसिकेबमार्ग स्थित मारवाडी सेवा समिति नेपाललाई १५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।बैंकले मारवाडी सेवा समिति नेपाललाई डायलाइसीस मेसिन खरिद गर्नका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो ।

उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद अग्रवाललाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समिति नेपालले डायलाइसीस मेसिन खरिद गरि मिर्गौला रोगीहरुलाई निःशुल्क सेवा प्रदान गर्नको निम्ति उपयोग गर्ने भएको छ । मारवाडी सेवा समितिले राष्ट्रिय मिर्गौला उपचार केन्द्र सगँको प्राविधिक सहयोगमा गौशाला स्थित श्री पशुपति गौशाला धर्मशालाबाट उक्त सेवा प्रदान गर्ने जनाइएको छ ।

बैंकले पु–याएको सो रकम सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा दिएर जीवनस्तर सुधार गर्न केहि हदसम्म भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।



प्रतिक्रिया दिनुहोस्