Logo

सानिमा बैंकको नयाँ शाखा मलेखुमा



काठमाडौं, २१ पुस । सानिमा बैंकले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले धादिङ्गको मलेखुमा नयाँ शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । नयाँ शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका संचालक बलराम पराजुली र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन् ।

समारोहमा मह जोडीले धादिङ्गको मलेखुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी, सानिमा बैंकका संचालक बलराम पराजुलीले ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन्।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११९ कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्