Logo

मन्त्री रेग्मीलाई ऋषि धमलाको प्रश्न : जताततै महँगी र भ्रष्टाचार किन बढेको छ ? (भिडिओसहित)



काठमाडौं, २१ पुष । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफूहरुको सरकार आएपछिमात्रै भ्रष्टाचार र महँगी बढेको भनेर भन्न नमिल्ने बताएकी छिन् । उनले अहिलेको सरकार गठबन्धनको सरकार भएकोले सबैसँग सरसल्लाह गरेर अघि बढ्नुपर्नेमा जोड दिईन् ।

उनले अहिले सरकार नै गठबन्धनको भएकोले आगामी निर्वाचनसम्म गठबन्धकै रुपमा पनि जान सकिने स्पष्ट पारिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले अहिले कांग्रेसमा गठबन्धन नै बनाएर जानुपर्ने र कांग्रेस एक्लै चुनावमा जानुपर्ने भनेर दु्ईथरि दृष्टिकोण रहेको सुनाईन् । उनले आफूहरु भने यो गठबन्धन बलियो बनाउन लागिपरेको पनि बताईन् । उनले वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले कसैलाई पनि पेलेर नजाने स्पष्ट पारिन् ।



प्रतिक्रिया दिनुहोस्